काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ ।
मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजङ्घा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याइएको छ । यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको बैंकले जनाएको छ । यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ–कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ । यसका साथै, ग्राहकहरुलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ ।
मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै २ सय ८ वटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने बैंकले जनाएको छ ।
मेगा बैंकको ‘एक–से–एक बचत खाता’ सञ्चालनमा
आर्थीकसंसार संवाददाता७ साउन, २०७९
७ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो