News Portal

  • सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुकाे उपचारकाे लागि ४ लाख ८० हजार दिने

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ६०९ पटक
    ६ साउन, २०७८

    काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुकाे लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरुगाईले र अस्पतालको तर्फबाट प्रहरी अतिरिक्त महानिरिक्षक डा. आशा सिंहले हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुसार सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारको लागि वार्षिक ४ लाख ८० हजार सहयोग पुर्याउनेछ ।
    सानिमा बैंकले प्रत्येक नारी बचत खाता वापत बैंकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उदेश्यले नेपाल प्रहरी अस्पतालसँग सम्झौता गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्