काठमाडौं । विगत २१ वर्षदेखि ज्ञानको क्षेत्र (शिक्षा, तालिम र परामर्श) मा आबद्ध केएफएले आफ्नो नारा “भिजन वियोन्ड द बक्स” लाई आत्मसाथ गर्दै नेपाली शिक्षा जगतमा विकसित मुलुकमा प्रमाणित विभिन्न नयाँ अध्ययन विधि लागू गर्दै आएको छ जसलाई पिलर अर्थात् स्तम्भको को रुपमा नामकरण गरिएको छ ।
यहाँ पढाई हुने एम बि ए प्लस मा १२ पिलर छन् भने बि.एच.एम. अन्तर्गत १० पिलर छन् । यस्तै यसै वर्ष देखि शुरुवात हुन लागेको बि.सि.एस.आई. टी. मा पनि ९ पिलर राखिएका छन् । यी सबै पिलरको उद्देश्य शैक्षिक पाठ्यक्रम बाहेक अरु सीप र अवसर प्रदान गर्नु हो जसले विद्यार्थीहरुको समग्र विकासमा सहयोग पुर्याइ काम र शिक्षा बीचको सीपको अन्तर कम गर्न ठूलो भूमिका खेल्ने यहाँ को सि.ई.ओ, किश्लय झा को दाबी छ ।
व्यावसायिक तालिम र परामर्शबाट बटुलिएका अनुभवका आधारमा यस्ता स्तम्भको निर्माण गरिएको उहाँ बताउनुहुन्छ । एम बि ए अन्तर्गत एकैपटकमा दुई शिक्षकले पढाउने, विद्यार्थीको क्षमता पहिचान गराइ त्यही अनुरुपको करियरमा लाग्न प्रोत्साहित गर्ने, विद्यार्थीकै अग्रसरतामा प्लेसमेन्ट सेल संचालन गर्ने, कर्पोरेट लाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने जस्ता विभिन्न रचनात्मक विधि केएफए मा मात्र रहेको उहाँ बताउनुहुन्छ। यस्तै बिएचएम अन्तर्गत सैद्धान्तिक र प्रयोगात्मक शिक्षा सँगै लग्ने, विभिन्न सीपमूलक तालिम प्रदान गर्ने, वास्तविक अनुभवका लागि ठूला होटेलमा लैजाने, काम गर्ने अवसर प्रदान गर्ने जस्ता महत्वपूर्ण पिलर रहेका छन् । भर्चुअल अफिस स्थापना गरी नेटवर्क र सेकुरिटी सिक्ने, कम्पनीमै गइ स्थलगत अनुभव लिने, साइबर सुरक्षाको क्षेत्रमा अपडेटेड राख्न विभिन्न तालिम प्रदान गर्ने, व्यवस्थापनका गुण सिकाउने जस्ता विभिन्न अन्य पिलरले बि.सि.एस. आइटी पनि आकर्षक बनेको छ ।
पिलरहरु र यसको फाइदाका बारेमा बुझ्न ०१-४४९१४१४ मा सम्पर्क गर्न सकिनेछ साथै एम. बि. ए, बिएचएम वा बि.सि.एस. आई टी. का लागि एडमिसन पनि गराउन सकिनेछ ।
कोभिडले पारेको प्रभावलाई मध्यनजर गर्दै यहाँ कोभिड विशेष छुट का साथै अन्य छात्रवृत्तिको पनि व्यस्था गरिएको छ ।
नेपाली शिक्षा जगतलाई नयाँ दिशा दिंदै केएफए
आर्थीकसंसार संवाददाता६ फागुन, २०७८
६ फागुन, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता