News Portal

  • एमालेमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास

    दुई उपाध्यक्ष, दुई उपमहासचिव थप, ३०१ केन्द्रीय सदस्य पुग्ने

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०७८
    ९४८ पटक
    ११ मंसिर, २०७८

    काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
    यसअनुसार अबको कमिटीको आकार ३०१ सदस्यीय बन्नेछ । गएको असोजमा काठमाडौंको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । विधान महाधिवेशनले पारित गरेको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाबाट अब १९ सदस्यीय पदाधिकारीसहितको हुनेछ ।
    अब नेकपा एमाले ३०१ केन्द्रीय सदस्यीय रहनेछन् । यस्तै ९९ जना पोलिटब्युरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहनेछन् । साथै १९ जना पदाधिकारी हुने ओलीको प्रस्ताव पारित भएको छ । जसमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ अरु उपाध्यक्ष रहनेछन् । साथै १ महासचिव र ३ उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् ।
    अब एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ । यसअघि गोदावरी विधान महाधिवेशनले दुई पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो । यसैबीच सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहँदा उपाध्यक्ष भीम रावलले भने अध्यक्ष पदमा आफ्नो उम्मेदवारी यस अघि नै घोषणा गरी सक्नु भएको छ । यद्यपि उहाँको उम्मेदवारी कायम नै रह्यो भने अध्यक्ष पदमा भने निर्वाचन हुने सम्भावना पनि छ ।

     

     

    प्रतिकृया दिनुहोस्