News Portal

  • पछिल्लो २४ घण्टामा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता९ असोज, २०७८
    १४२६ पटक
    ९ असोज, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५ सय ७९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८१ हजार १०५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३७१ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्