Skip

News Portal

  • प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८३
    २१ पटक
    १३ असोज, २०८३

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।

    केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरे ।

    पछिल्लो पटक रसुवा बाढी लगायतका विपद्मा भारतले देखाएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद ज्ञापन गरे ।

    साथै, नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले भूमिका खेलेकोप्रति पनि धन्यवाद ज्ञापन गरे ।

    आफ्नो कार्यकाल सकेर राजदूत श्रीवास्तव केही दिनमा फर्कंदैछन् ।

    प्रतिकृया दिनुहोस्