काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।
कम्पनीबाट जारी गरिएका बीमालेख २०८० चैत मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु बैशाख ३ गतेदेखि जेठ २५ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने घोषणा गरेको हो। पाँच वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशतसम्म र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छुट दिइने कम्पनीले जनाएको छ।