News Portal

  • मुक्तिनाथ म्युचुअल फण्ड-२ को १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०८३
    ९ पटक
    २ मंसिर, २०८३

    काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

    नेप्से र मुक्तिनाथ क्यापिटलबीच मंसिर १ गते फण्डका इकाई सूचीकरण गर्ने सम्झौता भएको हो ।

    नेप्सेका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १२ करोड ५० लाख इकाई सूचीकृत भएका छन् । सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएको उक्त सबै इकाई वितरण भएपछि नेप्सेमा सूचीकृत गरिएको हो ।

    अब उक्त म्युचुअल फण्डको इकाई मंसिर २ गते बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने नेप्सेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्