News Portal

  • सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाँ दावी रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता११ पुष, २०८०
    १८३ पटक
    ११ पुष, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफले मृत्यु दाबी वापत १४ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले बर्दिया ठाकुरबाबा नगरपालिकाका मृतक पवन थारुको श्रीमती राज कुमारी थारुलाई हस्तान्तरण गरेको हो । उक्त रकम वापतको चेक सूर्यज्योति लाइफका कोहलपुर शाखा प्रबन्धक मिना थापाले हस्तान्तरण गरेकी हुन ।

    पवन थारुको वैदेशिक रोजगारको क्रममा साउदी अरबमा प्राकृतिक कारण मृत्यु भएको थियो । वैदेशिक रोजगार म्यादी बीमा बापतको १४ लाख रुपैयाँ दाबीे रकम स्वर्गीय थारुको श्रीमतिलाई दिएको कम्पनीले जनाएको छ ।

    कोहलपुर शाखामा कागजात प्राप्त भएको ३ दिन भित्र दाबी भुक्तानी गरिएको हो । उक्त रकमले आश्रीत परिवारलाइ आर्थिक रुपमा सहयोग पुग्ने प्रति कम्पनीको विश्वास छ ।
    प्रतिकृया दिनुहोस्