आर्थीकसंसार संवाददाता११ पुष, २०८०
११ पुष, २०८०काठमाडौं । सूर्यज्योति लाइफले मृत्यु दाबी वापत १४ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले बर्दिया ठाकुरबाबा नगरपालिकाका मृतक पवन थारुको श्रीमती राज कुमारी थारुलाई हस्तान्तरण गरेको हो । उक्त रकम वापतको चेक सूर्यज्योति लाइफका कोहलपुर शाखा प्रबन्धक मिना थापाले हस्तान्तरण गरेकी हुन ।
पवन थारुको वैदेशिक रोजगारको क्रममा साउदी अरबमा प्राकृतिक कारण मृत्यु भएको थियो । वैदेशिक रोजगार म्यादी बीमा बापतको १४ लाख रुपैयाँ दाबीे रकम स्वर्गीय थारुको श्रीमतिलाई दिएको कम्पनीले जनाएको छ ।