आर्थीकसंसार संवाददाता७ पुष, २०८०
७ पुष, २०८०काठमाडौं । छिमेक लुघवित्त वित्तीय संस्थाले २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडा–४ स्थित होटल सामनामा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले उक्त आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।