News Portal

  • १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

    आर्थीकसंसार संवाददाता७ भदौ, २०८३
    ३४ पटक
    ७ भदौ, २०८३

    काठमाडौं । सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्त ऋणीहरूले आफ्नो धर्ना कार्यक्रम स्थगित गर्दै घर फर्किएका छन् ।

    ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका ऋणीहरू सरकारसँग सहमति भएपछि आइतबार आ–आफ्नो गन्तव्यतर्फ फर्किएका हुन् ।

    नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको थियो ।

    आइतबार बिहान करिब ९ बजेदेखि विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा साझा यातायातका बसमार्फत बिदाइ गरिएको थियो ।

    झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको छ ।

    सरकार र ऋणीका प्रतिनिधिबीच भएको १४ बुँदे सहमतिपछि लामो समयदेखि जारी धर्ना तत्कालका लागि स्थगित भएको हो ।

    प्रतिकृया दिनुहोस्