News Portal

  • छिमेक लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने मुख्य अजेन्डा

    आर्थीकसंसार संवाददाता७ पुष, २०८०
    ५१२ पटक
    ७ पुष, २०८०

    काठमाडौं । छिमेक लुघवित्त वित्तीय संस्थाले २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडा–४ स्थित होटल सामनामा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

    सभाले उक्त आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    प्रतिकृया दिनुहोस्