News Portal

  • ट्रेड युनियन संरचना हटाउने सरकारी निर्णयमा सर्वोच्चको रोक

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ३३ पटक
    १० भदौ, २०८३

    काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियनका संरचना हटाउनेगरी सरकारले जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ ।

    न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो ।

    सरकारले अध्यादेशमार्फत निजामती सेवा ऐन, २०४९ संशोधन गर्दै निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको थियो ।

    सोही संशोधनका आधारमा विभिन्न निकायमा ट्रेड युनियनका संरचना हटाउन सरकारले परिपत्र तथा सूचना जारी गरेको थियो ।

    तर, सर्वोच्चले उक्त अध्यादेश संसदबाट निष्क्रिय भइसकेको भन्दै त्यसका आधारमा जारी गरिएका सरकारी सूचना तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

    इजलासका अनुसार सरकारले वैशाखमा ल्याएको अध्यादेश संसदमा पेस नै नगरेको र ६० दिनपछि उक्त अध्यादेश निष्क्रिय भएको देखिएको छ ।

    सर्वोच्चले यसअघि नै अध्यादेश निष्क्रिय भएपछि त्यसले संशोधन गरेको पुरानो ऐन स्वतः सक्रिय हुने व्याख्या गरिसकेको छ ।

    सर्वोच्चले दुवै पक्षको बहस सुनेर अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्न आगामी भदौ २२ गतेका लागि पेसी तोकिएको छ ।

    यससँगै सरकारले अध्यादेशका आधारमा अघि बढाएको ट्रेड युनियनका संरचना हटाउने प्रक्रिया तत्कालका लागि रोकिएको छ ।

    प्रतिकृया दिनुहोस्