काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,०१,०६,६९,६६२ को ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम १,३५,२२,२१३.४० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै आ.व. ०७८/७९ को वित्तीय विवरण पारित गरी १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोही साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् । जसमध्ये, उज्जवल सत्याल संस्थापक समूह, सुशिल काजी बानियाँ संस्थापक समूह, गंगा सागर ढकाल सर्वसाधारण समूह, लिसा शेरचन सर्वसाधारण समूह, सुजन सिद्धि बज्राचार्य संस्थापक समूह र नरेश ढुंङगाना सर्वसाधारण समूहबाट निर्वाचित भएका हुन् ।
बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न
आर्थीकसंसार संवाददाता१७ चैत, २०७९
१७ चैत, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?