काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । गौतमका अनुसार आज थपिएका २ हजार ४ सय ४० सहित कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ । जसमध्ये ६५ हजार २ सय २ जना निको भएका छन् । यस्तै हाल देशभर क्वारेन्टाइनमा ४ हजार ३३ जना रहँदा होम आईसोलेसनमा १२ हजार ३ सय १६ र संस्थागत आईसोलेसनमा ११ हजार १ सय ९१ पुगेको छ । यसैगरी आजसम्म आईसीयूमा २ सय ४४ र भेन्टिलेटरमा ४३ जना रहेका छन् । ३ वर्षीय बालकसहित कोरोनाबाट थप १९ जनाको मृत्यु भएसँगै कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ५ सय ५४ पुगेको छ ।
यसैबीच आज काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १ हजार १ सय ७८, भक्तपुरमा १ सय ३ र ललितपुरमा २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज १३ हजार ७ सय ८१ जनाको पीसीआर भएको छ भने हालसम्म १० लाख ८८ हजार २ सय २९ जनाको पीसीआर भइसकेको छ ।
देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित
आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
१९ असोज, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता