काठमाडौं । सिन्धु विकास बैंककाे मर्जरमा जाने बाटाे खुलेकाे छ । बैंककाे बाह्रौं बार्षिक साधारण सभाले मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेसँगैं बैंककाे मर्जरमा जाने बाटाे खुलेकाे हाे ।
सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले शुक्रबार धुलिखेलमा एक कार्यक्रम गरी साधरणसभा सम्पन्न गरेकाे थियाे ।
सभाले सर्वसाधारण समुहको तर्फबाट आगामी ४ वर्षका लागी संचालकहरुमा संजिव प्रधान, समिर कक्षपति र वसन्त कुमार कटुवाललाई निर्विरोध निर्वाचित गरेकाे छ । यसका साथै सभाले आ.ब. ०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पारित गरेकाे छ ।
सभामा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनहरुमा वाग्मती प्रदेश कै अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजानका लागि गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्दै बैंकको लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिहरु लिईने बताएका थिए ।
बैंकले हाल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २५ शाखा र १ सिमिति बैकिङ्ग ईकाई गरी कुल २६ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।
सिन्धु विकास बैंकको मर्जरमा जाने बाटो खुल्यो, संचालकमा ३ जना निर्विरोध निर्वाचित
आर्थीकसंसार संवाददाता६ साउन, २०७८
६ साउन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?