News Portal

  • सिन्धु विकास बैंकको मर्जरमा जाने बाटो खुल्यो, संचालकमा ३ जना निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ४८९ पटक
    ६ साउन, २०७८

    काठमाडौं । सिन्धु विकास बैंककाे मर्जरमा जाने बाटाे खुलेकाे छ । बैंककाे बाह्रौं बार्षिक साधारण सभाले मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेसँगैं बैंककाे मर्जरमा जाने बाटाे खुलेकाे हाे ।
    सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले शुक्रबार धुलिखेलमा एक कार्यक्रम गरी साधरणसभा सम्पन्न गरेकाे थियाे ।
    सभाले सर्वसाधारण समुहको तर्फबाट आगामी ४ वर्षका लागी संचालकहरुमा संजिव प्रधान, समिर कक्षपति र वसन्त कुमार कटुवाललाई निर्विरोध निर्वाचित गरेकाे छ । यसका साथै सभाले आ.ब. ०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पारित गरेकाे छ ।
    सभामा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनहरुमा वाग्मती प्रदेश कै अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजानका लागि गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्दै बैंकको लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिहरु लिईने बताएका  थिए ।
    बैंकले हाल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २५ शाखा र १ सिमिति बैकिङ्ग ईकाई गरी कुल २६ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्