काठमाडौं । अब डेबिट अर्थात एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने भएको छ । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा कस्टुमाइज्ड फोटो कार्डको सुविधा ल्याएको हो ।
जसको शुरुवात असार १९ गतेदेखि भएको छ । बैंकले प्रसिद्ध समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टोमाइज्ड फोटोसहितको कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो । माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले २०१० की सीएनएन हिजोर्ज अवार्ड जित्न सफल भएकी कोइरालालाई सो कार्ड हस्तान्तरण गरेका हुन् ।
यस्तो छ सुविधा
यो सुविधा अन्तर्गत ग्राहकले आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सक्ने छन् । साथै, उक्त प्रबिधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न पनि सकिने बैंकले जानकारी गराएको छ ।
यससँगै यो सुविधा लिन https://icard.sunrisebank.com.np मा गई ग्राहकले सजिलै आफ्नो फोटो कार्डमा राखी रिक्वेष्ट सबमिट गर्न सकिने छ ।
सनराइज बैंकले ल्यायो नयाँ सुविधा, अब एटीएम कार्डमा पनि फोटो
आर्थीकसंसार संवाददाता१९ असार, २०७९
१९ असार, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?