News Portal

  • सनराइज बैंकले ल्यायो नयाँ सुविधा, अब एटीएम कार्डमा पनि फोटो

    आर्थीकसंसार संवाददाता१९ असार, २०७९
    ४०६ पटक
    १९ असार, २०७९

    काठमाडौं । अब डेबिट अर्थात एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने भएको छ । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा कस्टुमाइज्ड फोटो कार्डको सुविधा ल्याएको हो ।
    जसको शुरुवात असार १९ गतेदेखि भएको छ । बैंकले प्रसिद्ध समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टोमाइज्ड फोटोसहितको कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो । माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले २०१० की सीएनएन हिजोर्ज अवार्ड जित्न सफल भएकी कोइरालालाई सो कार्ड हस्तान्तरण गरेका हुन् ।
    यस्तो छ सुविधा
    यो सुविधा अन्तर्गत ग्राहकले आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सक्ने छन् । साथै, उक्त प्रबिधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न पनि सकिने बैंकले जानकारी गराएको छ ।
    यससँगै यो सुविधा लिन https://icard.sunrisebank.com.np मा गई ग्राहकले सजिलै आफ्नो फोटो कार्डमा राखी रिक्वेष्ट सबमिट गर्न सकिने छ ।

    प्रतिकृया दिनुहोस्