काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको रातमाटे शाखाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको देविघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरेको छ । संस्थाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाललाई ग्लोवल आइएमई लघुवित्त संस्थाका अनुगमन अधिकृत शशीकान्त न्यौपानेले ४३ ईन्चको स्र्माट टेलिभिजन हस्तान्तरण गरेका हुन् ।
प्रतिष्ठानमा रहेका बृद्ध–बृद्धाहरुलाई समय बिताउन, मनोरन्जन र धार्मिक कार्यक्रम हेर्नका लागि सहज होस भन्ने हेतुले टेलिभिजन प्रदान गरिएको ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाका शाखा प्रमुख पुरुषोत्तम पन्तले जानकारी दिए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरेको बताए ।
रातमाटे शाखाले बैशाखसम्ममा एक हजार ४ सय ७९ जनालाई बचत सेवा दिनुको साथै ७ सय ८ जनालाई कर्जा प्रवाह गरिरहेको छ । शाखाले हालसम्म २ करोड ६६ लाख ४९ हजार ७ सय ८१ रुपैयाँ संकलन गरि ९ करोड ३४ लाख ८ हजार १ सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
ग्लोबल आइएमई लघुवित्तद्धारा जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई सहयोग
आर्थीकसंसार संवाददाता२३ जेठ, २०७९
२३ जेठ, २०७९ - क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?