काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको काठमाडौं मलमा आफ्नो क्यूआर कोड सेवा विस्तार गरेको छ । बैंकले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी काठमाडौं मलमा क्यूआर कोडको सेवा सुरु गरेको हो ।
बैंकले काठमाडौं मल (दिवा सपना जेभी)सँग सम्झौता गर्दै उक्त मलका स्टलहरुमा बैंकको क्यूआर कोड र परिसरमा एटीएम सञ्चालन गर्ने सहमति गरेको हो । साथै काठमाडौं मलका व्यावसायीहरुलाई बैंकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर अधिकारी र काठमाडौं मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमुख व्यवस्थापक विष्णुहरी ढकालबीच हस्ताक्षर भएको हो ।
नेपाल बैंक लिमिटेडले देशभर रहेका २०५ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएमसहित डिजिटल बैंकिङ्गमार्फत उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपाल बैंकबाट काठमाडौं मलका व्यवसायीले बिना धितो सहुलियत कर्जा पाउने
आर्थीकसंसार संवाददाता९ वैशाख, २०७८
९ वैशाख, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह