News Portal

  • नेपाल बैंकबाट काठमाडौं मलका व्यवसायीले बिना धितो सहुलियत कर्जा पाउने

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०७८
    ६९८ पटक
    ९ वैशाख, २०७८

    काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको काठमाडौं मलमा आफ्नो क्यूआर कोड सेवा विस्तार गरेको छ । बैंकले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी काठमाडौं मलमा क्यूआर कोडको सेवा सुरु गरेको हो ।
    बैंकले काठमाडौं मल (दिवा सपना जेभी)सँग सम्झौता गर्दै उक्त मलका स्टलहरुमा बैंकको क्यूआर कोड र परिसरमा एटीएम सञ्चालन गर्ने सहमति गरेको हो । साथै काठमाडौं मलका व्यावसायीहरुलाई बैंकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
    उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर अधिकारी र काठमाडौं मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमुख व्यवस्थापक विष्णुहरी ढकालबीच हस्ताक्षर भएको हो ।
    नेपाल बैंक लिमिटेडले देशभर रहेका २०५ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएमसहित डिजिटल बैंकिङ्गमार्फत उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्