News Portal

  • थप १ हजार ४ सय ७५ जनामा संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७७
    २९०३ पटक
    १५ मंसिर, २०७७

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७४ जना संक्रमित थपिएका छन् भने १ हजार ९ सय ३१ जना निको भएका छन्् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ । हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।
    उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।
    आज देशैभरी थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
    अब देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७ सय ४७ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्