News Portal

  • थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थिकसंसार संवाददाता१४ मंसिर, २०७७
    १३७२ पटक
    १४ मंसिर, २०७७

    काठमाडौं । बितेको २४ घण्टामा नेपालभरमा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ११ महिला र ७ सय ४४ पुरुष गरी १ हजार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
    यस्तै बितेको २४ घण्टामा थप १ हजार ४ सय ४ जना संक्रमण मुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।
    अब देशभर कोरोनाका सक्रिय संक्रमित १७ हजार ९ सय ९ जना रहेका छन् भने कुल मृतकको संख्या १ हजार ४ सय ७९ जना रहेको छ । हाल कोरोना निको हुने दर ९१.६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमा २ सय ४४ महिला र ३ सय ४ पुरुष रहेका छन् । योसँगै हालसम्म काठमाडौं उपत्यकामा एक लाख ७ हजार ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय २२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको हो ।

    प्रतिकृया दिनुहोस्