News Portal

  • २४ घण्टामा १ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७७
    १६८८ पटक
    ७ मंसिर, २०७७

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस संंक्रमण पुष्टि भएको छ । जसमा महिला ६ सय ५५ र पुरुष १ हजार १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको समेत जानकारी दिए । यस्तै ५ हजार ६ सय ९९ जना निको भएको उनले जानकारी दिए ।
    योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहँदा सक्रिय संक्रमित २० हजार १ सय ६६ जना रहेका छन् । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४ चार १५ महिला र ५ सय ४२ पुरुष रहेका छन् ।

    प्रतिकृया दिनुहोस्