News Portal

  • पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०७७
    १७१४ पटक
    ६ मंसिर, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३ सय २५ जना कोरोना भाइरसस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार ६ सय ३९ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्यामा निको भएका हुन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ ।
    बितेको २४ घण्टामा देशभर ६ सय ६१ पुरुष र १ हजार १३ महिलासहित १ हजार ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २ हजार ३ सय २३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ३ सय ५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण भएसँगै कुल परीक्षण १६ लाख ५२ हजार ४३ पुगेको छ ।
    यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ जना संक्रमित थपिएका छन् । संक्रमितमा ३ सय ८७ महिला र ५ सय १२ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १ सय १, भक्तपुरमा ७ सय ९६ र ललितपुरमा २ हजार १ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।
    हाल मनाङ र मुगुमा १ जना पनि संक्रमित रहेका छैनन् । यस्तै हाल काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिकृया दिनुहोस्