News Portal

  • सहकारी बैंक समृद्धिको आधार

    आर्थीकसंसार संवाददाता
    १६४० पटक

    केबी उप्रेती
    अध्यक्ष, राष्ट्रिय सहकारी विकास बैक

    कोरोना महामारीको यो बेलामा काम भइरहेका छन ?
    संक्रमणको जोखिम बढिरहे पनि बैकले आफ्ना काम गरिरहेको छ । खासगरी कोरोनाले प्रभावित पारेका हाम्रा सदस्यहरुलाई ध्यानमा राखेर हामीले राहातका प्याकेजहरु ल्याएका छौं । जसअन्तर्गत केन्द्रीय राहत कोषमा सहयोग ग¥यौँ । मसमेत संलग्न भएर कोरोना उपचार केन्द्र भनेर सहकारी र अस्पतालमा ब्यवस्थापन टिममा बसेर उपचार ग¥यौं । त्यसैगरी कोरोना प्रभावित सातै प्रदेशमा एकएक जना संयोजक तोकेर आर्थिक गतिविधि गर्नेदेखि राहत वितरण गर्ने, पीसीआरका सामानहरु उपलब्ध गराएर उपचार गराउने, क्वारेनटाइमा आर्थिक सहयोग गर्ने लगायतका थुप्रै गतिविधिहरु हामीले ग¥यौं । उदाहरणका लागि हामीले १ नं. प्रदेशमा हामीले सहारा बचत तथा ऋण शहकारीको तर्फबाट संयोजक महेन्द्रकुमार गिरीले प्रदेशभरिको क्वारेनटाइनमा रहेकाहरुलाई खान र बस्नको सबै व्यवस्थापन गर्नुका साथै झापालगायत अन्य ठाउँमा एकका लागि एक भन्ने कार्यक्रम नै सञ्चालन गर्नुभएको थियो । यस्ता काम हामीले सातै प्रदेशमा ग¥यौं । त्यसैगरी फागुनसम्मको ब्यालेन्ससिट हेरेर हाम्रा प्रत्येक सदस्यहरुलाई दैनिक जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्ने उद्देश्यले बिना धितोको लोन उपलब्ध गर्ने काम ग¥यौं भने सहकारीहरुमा तरलताको अवस्था हेरेर कम ब्याजदरमा रकम उपलब्ध गर्नेजस्ता दुईवटा महत्वपूर्ण काम ग¥यौं । त्यसैगरी लकडाउनको ३ महिनाको ब्याजमा १० प्रतिशत छुट ग¥यौं भने त्यसपछिको असार महिनामा दुई प्रतिशत ब्याज छुटको व्यवस्था गरेका छौं ।
    कोरोनाका कारण वित्तीय क्षेत्रहरुमा तरलता बढेको छ, परिचालन हुन सकिरहेको छैन, तपाईंको बैकमा कस्तो अवस्था छ ?
    कोरोना महामारीले उद्योग व्यापार व्यावसाय ठप्प छ, विकास निर्माणका काम राम्रोसँग हुन सकेका छैनन् । मानिसहरुले ढुक्कका साथ आर्थिक गतिविधि गर्न पाएका छैनन्, जसले गर्दा अधिकांश वित्तीय संस्थाहरुमा तरलता बढी भएको छ तर हाम्रो बैकमा भने त्यस्तो छैन । हाम्रोमा चाहीँ लकडाउनको समयमा नै बढी लगानी भएको छ । किनकि हामीलाई बैकको ऐन नियम लाग्दैन । हाम्रा ग्राहक सदस्य नै जनता हुन् । जनताले गाउँसहरका सहकारी संस्थामार्फत आर्थिक गतिविधिका कामहरु दैनिक रुपमा गरिरहेकै हुन्छन्, वस्तुहरुको उत्पादन वितरण भइरहेकै हुन्छ । यसर्थ, कोरोना समस्याले हाम्रो सहकारी बैकलाई अन्य बैकको जस्तो असर पारेको छैन । हाम्रो चैत्रमा २२ अर्ब रुपैयाँ लगानी भएकोमा त्यसपछिका दुई महिनामै २७ अर्ब पुगेको थियो ।
    कस्तो क्षेत्रमा लगानी गर्नुभएको छ ?
    हाम्रा सदस्य भनेको सहकारीहरु नै हुन्, त्यसैले हामीले हाम्रा सहकारी सदस्यहरुलाई नै लगानी गर्ने हो । त्यसमा पनि हाम्रा सदस्यहरुले के–के आवश्यक छ भनेर माग्छन्, त्यसैमा लगानी हुन्छ । अर्थात् हाम्रा सदस्यहरुले उद्योगमा लगानी गर्ने भन्छन् कि, वस्तुको उत्पादन, बिक्री वितरणमा भन्छन् कि, ब्यापार व्यवसायमा भन्छन् कि कृषिमा भन्छन् कि उनीहरुको आवश्यकता र मागअनुसार लगानी हुन्छ ।
    लगानीको जोखिम कत्तिको छ ?
    हामीकहाँ त्यस्तो जोखिम छैन, २ प्रतिशत भन्दामाथि छैन । किनकि हाम्रो अन्य बैकको जस्तो जथाभावी लगानी हुँदैन, सहकारी ऐन, नियम, मूल्य मान्यताअनुसार आफ्नै सदस्यहरुमा मात्रै कारोवार र लगानी हुन्छ । हाम्रो बैकमा आवद्ध रहेका र सहकारी ऐन, नियम, मूल्य मान्यतामा रहेर सञ्चालन भएका सबै सहकारी सदस्यहरुले परिणाममुखी सेवा प्राप्त गरिरहनुभएको छ ।
    बैकको भावि योजना के छन् ?
    हामीले अहिले कोरोनाबाट बढी प्रभावितहरुलाई लक्षित गरी दुईवटा प्रोडक्टिभ कार्यक्रम नै बनाएर अगाडि बढिरहेका छौं । अहिले हामीले ८ प्रशिसतभन्दा तल लगानी गर्न सक्ने अवस्था छैन तर हामीले केन्द्र, प्रदेश र स्थानीय सरकारले जिरो प्रतिशतमा लगानी उपलब्ध गराई दिने हो भने हामी दुई प्रतिशत सेवा शुल्क लिएर हाम्रा सदस्यहरुलाई लगानी गर्न सक्छौं । त्यो माग हामीले तिनै तहका सरकारहरुलाई गरिसकेको छौं । त्यो मागको सुनुवाई भएको खण्डमा हाम्रा ७७ जिल्लाका सहकारी सदस्य एवम् सहकारीमा सबै वर्ग र तहका सदस्यहरु उनीहरुको माग बमोजिमको सेवा र ऋण सहयोग गर्न सक्छांै । त्यसमा हाम्रो प्रयास जारी छ ।
    बैकको उद्देश्य नि त ?
    बैकले प्रदान गरिरहेका सेवाहरु आगामी दिनहरुमा अझ व्यवस्थित, चुस्त र दुरुस्त ढंगले अगाडि बढाउने, सरकारी नीति नियम र मापदण्डअनुरुप बैंकिङ कारोबारलाई सुव्यवस्थित गर्दै राष्ट्रको एउटा अग्रणी र नमुना बैकको रुपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।
    बैकका अवसर र चुनौतिहरु नि ?
    नेपालको अर्थतन्त्रको विकास गर्न स–साना छरिएर रहेको पुँजीको परिचालन धेरै मात्रामा गर्नुपर्छ । सहकारीले गाउँ सहरमा रहेका निम्न आर्थिकस्तर भएका वर्गमा सजिलै पहुँच पु¥याउन सक्दछ । सदस्यहरुलाई बचत गर्ने बानिको विकास गर्न साथै बचत तथा कर्जा परिचालन गरेर ब्यत्ति र संस्था दुवैको आर्थिक अवस्था बलियो बनाउन सकिन्छ । सदस्यहरुको समयको बचत र मेहनतको लाभांश आर्जन गर्न सकिन्छ । साथै, सर्वसाधारणलाई बचत गर्ने बानीको विकास पनि गराउँछ । उद्यमशील बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । आर्थिक गतिविधि बढाउन र राष्ट्रलाई समृद्ध बनाउने सहकारी नै भरपर्दो माध्यम बन्नसक्छ । त्यसैले चुनौतिलाई सही रुपमा व्यवस्थापन गर्न सके यसलाई अवसरको रुपमा परिणत गर्न सकिन्छ । त्यसतर्फ हाम्रो ध्यान गइरहेको छ ।
    बैकको कारोबार कस्तो छ ?
    हाम्रो बैक निरन्तर नाफामा नै सञ्चालित हुँदै आएको छ । वित्तीय अवस्था मजबुद भएको कारणले पनि हाम्रो बैकप्रति सदस्यहरुले विश्वास गरेर आफ्नो कारोबारलाई निरन्तर अगाडि बढाई रहनुभएको छ । बैकले दिने सेवा र कारोबारमा कुनै कमी आएको छैन । यसले हामीलाई थप उत्साहित बनाएको छ । अहिले हामी ७७ वटै जिल्लामा सेवा दिइरहेका छौं । हामीसँग ११ हजार ४ सय सहकारी संस्था सदस्य रहेका छन् । बैकले चालु आवको अन्त्यसम्म १ हजार ५ सय शेयर सदस्य, २ अर्ब पुँजी, ३५ अर्ब १३ करोड निक्षेप, २८ अर्ब कर्जा लगानी गर्ने योजनाकासाथ काम गरिरहेको छ ।
    राष्ट्र बैकले हालै जारी गरेको मौद्रिक नीतिलाई कसरी लिनुभएको छ ?
    सहकारीलाई राष्ट्र बैकले नियमन नगर्ने भए पनि बैकको नीतिलाई आधार मानेर प्रोभिजन, ब्याज, आम्दानीलगायत अन्य विषयहरुलाई सहकारी विभागले पनि मौद्रिक नीतिलाई सहयोग पुग्ने गरी अगाडि बढने योजना बनाएको छ, जुन कुराको सर्कुलर हामीले मातहतका बैकलाई गरिसकेका छौं ।
    सहकारी ऐनमा कमीकमजोरी छ कि छैन ?
    छ, त्यसैले हामीले छुट्टै सहकारी बैक ग्यारेन्टी चाहिन्छ भनेका छौं, सरकारीमा राष्ट्र बैकको रिफाईनान्सबाट निश्चित प्रतिशत सहकारीबाट परिचालित गर्न पाइयोस् भनेका छौं । अन्य कतिपय नीतिगत कुराहरु पनि छन । हामी आफैले पनि प्रोडक्ट गरेर सहकारी र राष्ट्र बैकसँग मिलेर कोरोना प्रभाबित पार्ने विषयमा सहकार्य गरेर अगाडि बढिरहेका छौं ।
    आम सरकारी कर्मीहरुलाई के भन्नुहुन्छ ?
    लकडाउन हट्यो कोरोना हटेको छैन भन्ने कुरालाई हाम्रा सदस्य महानुभावहरुले राम्ररी बुझेर सुरक्षित भएर काम गरौं, सरकारले दिएको निर्देशन पालना गरेर आपूm पनि बच्ने र आफ्ना सदस्यहरुलाई पनि बचाउने गरी आफना गतिविधिलाई अगाडि बढाउँ । त्यसमा हाम्रो बैंक पनि सहयोगी बन्न सक्छ । साथै कोही राष्ट्रिय सहकारी बैकको सदस्य बन्नुभएको छैन भने तत्काल बनिहाल्नु प¥यो, बनेर पनि कारोबार गर्नुभएको छैन भने कारोबार गर्नुप¥यो । सहकारी बैंक संस्थाकै वित्तीय व्यवस्थापन र प्रबद्र्धनका लागि एउटा अंग भएकाले एकअर्कामा सहकार्य गरी अगाडि बढ्न सहकारी संघसंस्थाहरुलाई आग्रह गर्न चाहन्छु ।

    प्रस्तोताः टि.बि. विरही

    प्रतिकृया दिनुहोस्