News Portal

  • अपेक्षाअनुरुपको जागिरको लागि कुमारी जब

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७९
    ८२२ पटक
    ३१ साउन, २०७९

    काठमाडौं । आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र यदि पाए पनि परिश्रम र योग्यताअनुसारको पारिश्रमिक पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता र सीप अनुसारको अवसर पाएका छन् र उक्त अवसर तथा त्यसले प्रदान गर्ने सेवा–सुविधामा सन्तुष्ट पनि छन् ।
    यसैगरी धेरै जनालाई विगत ८ वर्षदेखि कुमारी जबले सहज रुपमा निःशुल्क जागिर खोजिदिँदै आएको छ । यसै सन्दर्भमा नेपाल ओभरसिज मार्केटिङ कम्पनीमा चिफ फाइनान्स कन्ट्रोलरको रुपमा कार्यरत कुन्दनकुमार ठाकुरसँग गरिएको कुराकानीको संक्षिप्त अंश:
    तपाईले यहाँ काम गर्न थाल्नुभएको कति भयो ?
    म विगत ५ वर्षदेखि यहाँ काम गर्दै आएको छु ।
    तपाईले जागिर खोज्ने क्रममा के–के गर्नुभयो , त्यसबारे पनि केहि बताईदिनुहोस् न ?
    यो भन्दा अगाडि धेरै जसो काम मैले रिफरल मार्फत पाएको थिएँ तर हालको पदमा चाहिँ मैले कुमारी जबको लिंक्ड–इन प्रोफाइल मार्फत आवेदन गरेको हुँँ ।
    कामको सन्दर्भमा कुमारी जबले तपाईलाई कस्तो सहयोग अथवा गाइडेन्स दिएको थियो ?
    कुमारी जबले मध्यस्तकर्ताको रुपमा मलाई र मेरो रोजगारदातालाई हामी एक–अर्काको लागि उपयुक्त छौँ भन्ने कुरामा विश्वस्त गराएको थिया,े जसले मलाई आत्मविश्वास प्रदान गरेको थियो ।
    कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?
    रोजगारीको अवसर खोजिरहेको एउटा योग्य उम्मेदवार्को हैसियतमा मैले मेरो शैक्षिक योग्यता र अनुभवसँग मिल्ने किसिमको अवसर खोजिरहेको थिएँ । त्यस्तो अवसर जहाँँ मैले मेरो ज्ञान र सीपको सदुपयोग गर्न पाउनुको साथै अझै धेरै अनुभवहरु बटुल्न सक्छु । कुमारी जब मार्फत मैले मेरो अपेक्षा अनुरुपको सेवा र खोजेको जस्तै जागिर पाएँ ।
    कुमारी जबमार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के–कस्तो परिवर्तन ल्याएको छ ?
    कुमारी जबमार्फत पाएको यो काम मैले अहिलेसम्म पाएको सबैभन्दा राम्रो काम हो जहाँ मैले मेरो सीपहरू व्यावसायिक रुपमा प्रयोग गर्न र व्यवहारिक तरिकाले व्यवसाय कसरी गर्ने भन्ने कुराहरु सिक्ने अवसर पाएँ ।
    अहिलेको काममा तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
    अहिलेको यो काममा म एकदमै सन्तुष्ट छु, त्यसैले त विगत पाँच वर्षदेखि एउटै संस्थामा काम गरिरहेको छु ।
    यो अवसर प्रदान गरेकोमा कुमारी जबलाई केहि भन्न चाहनुहुन्छ ?
    यस्तो सुनौलो अवसर प्रदान गरेकोमा म कुमारी जब प्रति धेरै आभारी छु र भविष्यमा पनि यस्तै साथ–सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछु ।

    प्रतिकृया दिनुहोस्