News Portal

  • देशभर ३७ हजार ३८२ सक्रिय संक्रमित

    २४ घण्टामा ४ हजार ३९२ कोरोना पुष्टि

    आर्थीकसंसार संवाददाता३० असोज, २०७७
    १२७७ पटक
    ३० असोज, २०७७

    देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३ सय ३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ । यसैगरी नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोना भाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७ सय १५ पुगेको गौतमले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्