News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान हुने, विदेशबाट पनि मिल्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेदवारहरूको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ...बाँकी

    सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार...बाँकी

    पत्रकारिता जिम्मेवार नभए समाज दुर्घटनामा पर्न सक्छ : प्रमुख रामशरण भण्डारी

    काठमाडौं । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पत्रकारिता जिम्मेवार नभएमा समाज दुर्घटनामा पर्न सक्ने बताएका छन् । शनिबार सम्पादक समाज नेपालद्वारा काभ्रेपलान्चोक जिल्लामा कार्यरत पत्रकारका बीचमा ‘नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता’ विषयमा आयोजना गरेको अन्तरक्रिया...बाँकी

    राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने: रवि लामिछाने

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताएका छन् । पार्टीको महाधिवेशनअघि शनिबार भएको बैठकमा उनले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘सङ्घीय...बाँकी

    हाइड्रो र शौर्य आयोजनालाई प्रगति विवरण पेश गर्न प्राधिकरणको निर्देशन

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जलविद्युत तथा शौर्य विद्युत आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले विभिन्न प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार निर्माणाधीन अवस्थामा रहेका...बाँकी

    ‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित स्थानमै सम्परीक्षणको व्यवस्था गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन विगतमा भन्दा छिटो भएको बताएका छन् । उक्त नतिजा ‘हतारोमा वा असामान्य छिटो’ आएको भन्ने प्रतिक्रियाका...बाँकी

    नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल भट्ट नियुक्त

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा डा गोपाल भट्ट नियुक्त भएका छन्। सेबोन दुई महिनादेखि अध्यक्ष विहीन थियो। आज बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। भट्ट नेपाल राष्ट्र बैंकका...बाँकी

    युनाइटेड अजोड इन्स्योरेन्सको ४.५१ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बोनस सेयर...बाँकी

    एनआईसी एशियाद्वारा विद्यालयलाई ल्यापटप र मेरुदण्ड पक्षघात समूहलाई वाटर प्युरिफायर सहयोग

    काठमाडौं । एनआईसी एशिया बैंकले दार्चुलाको एक विद्यालय र काठमाडौंस्थित मेरुदण्ड पक्षघातसम्बन्धी सेवामूलक संस्थालाई सहयोग उपलब्ध गराएको छ । बैंकले सुदूरपश्चिमको दार्चुलास्थित महाकाली नगरपालिका–३ मा रहेको श्री हुनैनाथ माध्यमिक विद्यालय बाँजलाई एक थान ल्यापटप प्रदान गरेको...बाँकी

    बीमा क्षेत्रका विदेशी मुद्रा कारोबार सहज बनाउन प्राधिकरण र राष्ट्र बैंकबीच छलफल

    काठमाडौं । बीमा क्षेत्रसँग सम्बन्धित विदेशी मुद्रा सटही तथा अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउने उद्देश्यले नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको आयोजनामा शुक्रबार कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा...बाँकी