News Portal

  • सानिमा बैंकद्वारा भोटेकोशी बाढी, पहिरो प्रभावित क्षेत्रका लागि रु.२ करोड २५ लाख सहयोग

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०८३
    ४८ पटक
    १६ भदौ, २०८३

    काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २,२५,००,०००÷– (अक्षेरेपी रु.दुई करोड पच्चीस लाख मात्र) सहयोग गर्ने निर्णय गरेको छ ।

    मिति २०८३, भाद« १० गते बुधबार, भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस् स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

    बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

    प्रतिकृया दिनुहोस्