News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    कृषि विकास बैंकको साधारणसभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा यही मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भुक्तापुको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा...बाँकी

    मर्जरका लागि जोडी खोज्दै शाइन रेसुङ्गा बैंक

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जाने निर्णय गरेको हो । साथै, बैंक...बाँकी

    डोल्पाको दुनैमा नेपाल बैंकको एटिएम सेवा सञ्चालन

    डोल्पा । नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको...बाँकी

    नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

    काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौं उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ ।...बाँकी

    एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

    काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि एनएफएस सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।...बाँकी

    झन् झन् कठिन हुँदैछ एमडीआरटी, बढ्यो एमडीआरटी २०२७ का लागि पुरा गर्नुपर्ने लक्ष्य

    काठमाडौं । वित्तीय सल्लाहकारहरूको साझा संस्था मिलियन डलर राउण्ड टेबल(एमडीआरटी) का लागि बीमा अभिकर्ताले वर्ष भरमा प्राप्त गर्नुपर्ने व्यवसायीक लक्ष्यको सीमा अझै बढेको छ। सन् २०२७ का लागि एमडीआरटीले सार्वजनिक गरेको व्यवसायीक लक्ष्य अनुसार,अब नेपालको...बाँकी

    आइएमई लाइफकी लक्ष्मी बनिन् सन् २०२६ का लागि पहिलो सीओटी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरे पाण्डे सन् २०२६ का लागि सीओटी बन्न सफल भएकी छन् । २०८१ सालबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेकी घिमिरे छोटो समय अर्थात एक वर्षभित्रै मिलियन...बाँकी

    बैंकमा पैसा थन्किँदै, कर प्रणाली सुधार नगरी आर्थिक सूचक सुध्रिने सम्भावना छैन : अध्यक्ष पाण्डे

    काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले तत्काल कर प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् । परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधारः सार्वजनिक निजी संवाद’ कार्यक्रममा उनले कर प्रणालीमा तत्काल सुधार आवश्यक...बाँकी

    नबिल बैंकबाट जीतबहादुर श्रेष्ठसहित ३ जना बाहिरिँदै, मूल्य ३०१.१० रुपैयाँ

    काठमाडौं । नबिल बैंकबाट विभिन्न ३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनी जीतबहादुर श्रेष्ठ, जश श्रेष्ठ र जिज्ञासा अर्यालले बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका अनुसार...बाँकी

    मुक्तिनाथ विकास बैंकले महराजगञ्ज प्रहरीवृतलाई दियो दुई थान मोटरसाइकल

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त सहयोग शान्ति–सुरक्षा प्रवर्द्धनमा उपयोगी हुने अपेक्षा गरिएको छ । एक समारोहबीच...बाँकी