News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा स्थानीय समयअनुसार...बाँकी

    पुनर्निर्माणमा जिडिपीको १० प्रतिशत रकम आवश्यकः प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ को संज्ञा दिँदै त्यसपछिको पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम आवश्यक पर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा शुक्रबार...बाँकी

    प्रधानमन्त्री बालेनसँग अष्ट्रेलियाली प्रधानमन्त्रीको भेट

    काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संयुक्त राष्ट्रसङ्घमा प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्दै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् । अल्बानिजले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँग संयुक्त राष्ट्रसङ्घमा भेट भएको जानकारी दिँदै बाढी...बाँकी

    आनन्द फाउन्डेसन नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख

    काठमाडौं । आनन्द फाउन्डेसन नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा- भोटेकोशी क्षेत्रको राहत तथा पुनःस्थापना कार्यका लागि फाउन्डेसनले सहयोग गरेको हो । फाउन्डेसनले अर्थ मन्त्रालयका सचिव घनश्याम...बाँकी

    ‘जलवायु संकट हाम्रो होइन, तर मूल्य हामीले चुकाइरहेका छौं’

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाल जलवायु संकटको ठूलो मारमा परेको देश भएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय र पुनर्निर्माणमा सहयोगको अपिल गरेका छन् । असोज ९ गते महासभालाई सम्बोधन गर्दै...बाँकी

    राष्ट्रपति पौडेलले गरे इन्द्रजात्राको अवलोकन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन् । शुक्रवार उनले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका हुन् । उनको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्री मण्डलका सदस्यहरूको...बाँकी

    कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. वाग्लेद्वारा इन्द्रजात्रा अवलोकन

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्द्रजात्रा अवलोकन गरेको छ ।शुक्रबार अपराह्न हनुमानढोका परिसर पुगेर उनले रथ दर्जाशन, जात्रा अवलोकन एवम् रथमा फूलमाला चढाएका छन् । हनुमानढोकास्थित गद्दीबैठकमा उपस्थित भएर उनले टीका...बाँकी

    माछापुच्छ्रे बैंकको अगुवाइमा छुजुङ खोलामा ९ अर्ब लगानी

    काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाका लागि माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा...बाँकी

    हिमालयन बैंक अब स्मार्ट पे अन्तरबैंक रकम स्थानान्तरण सेवामा आबद्ध

    काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच स्मार्ट पे अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्ट पे सञ्जालमा आबद्ध भएको छ...बाँकी

    सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहका सेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका अनुसार उक्त सेयर बिक्रीका लागि चन्द्र इन्भेष्टमेन्ट प्रालिले बैंकमा...बाँकी