News Portal

  • पछिल्लो घण्टामा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि

    २५ जनाको मृत्यु

    आर्थीकसंसार संवाददाता११ भदौ, २०७८
    १०२० पटक
    ११ भदौ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३३७ जना निको भएर घर फर्किएका छन् ।
    यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ०८ हजार २३० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्