News Portal

  • प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने

    आर्थीकसंसार संवाददाता१४ असार, २०८२
    २४४ पटक
    १४ असार, २०८२

    काठमाडौं । प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्र सङ्घीय ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिन प्रस्थान गरेपछि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यभार तोकिएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार सिंहले गर्नेछन् ।

    नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक  जिम्मेवारी सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्