News Portal

  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७८
    १०७८ पटक
    २ भदौ, २०७८

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपति भण्डारीले २० प्रतिशतमै दल फुटाउन सकिने गरी अध्यादेश जारी गरेकी हुन् ।
    राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । जारी भएको नयाँ अध्यादेशअनुसार अब कुनै राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिन्छ ।
    मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरी अध्यादेश ल्याएको थियो ।

    प्रतिकृया दिनुहोस्