News Portal

  • थप कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुग्यो

    आर्थिकसंसार संवाददाता५ भदौ, २०७७
    १०५८ पटक
    ५ भदौ, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. राजेश्वर गौतमले ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
    गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि प्रवक्ता गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । मृत्यु हुनेमा एक महिला र १० जना पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दोलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा रहेकाको संख्या ८ हजार ५४६ रहे्को
    छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्