News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्धारा ट्राफिक प्रहरीलाई ट्राफिक लाईट हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७७
    ५६० पटक
    २७ चैत्र, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट (बत्ती) हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाईट सुन्धरा, नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमका बीच सञ्चालनमा ल्याइएकोछ ।
    नयाँ जडान गरिएको ट्राफिक लाईट काठमाडौंं महानगरपालिका–२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको छ ।
    कार्यक्रममा का.म.न.पा. वडा न.२१ वडा अध्यक्ष चिनकाजी महर्जनले उपत्यकामा बढ्दै गइरहेको ट्राफिक जामलाई व्यवस्थापन गर्न वडा कार्यालयले पनि सहयोग गर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताउनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम भई दुर्घटना न्युनीकरणमा समेत सघाउ पुग्ने बताउनुभयो ।
    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सो कार्यक्रमको संचालन विभागीय प्रमुख सरोज बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्