News Portal

  • सिभिल बैंकले मनायो डिजिटल वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’

    आर्थीकसंसार संवाददाता१७ चैत्र, २०७७
    ५७४ पटक
    १७ चैत्र, २०७७

    काठमाडौं । सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक’मा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।
    बैंकले ‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना मनाएको थियो । यसअन्तर्गत बैंकले प्रदेश नं १ को विराटनगरस्थित अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको सुरुवातसँगैं प्रदेश नं. २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआर कोडमार्फत भुक्तानीको सुरु गरेको छ । यस्तै बैंकले वाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम, हेटौंडाका टेम्पुहरुमा क्यूआरमार्फत भाडा भुक्तानी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तीय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम र सुदूरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गराएको थियो । यसबाहेक बैंकले विद्युतीय कारोबारका सात प्रमुख विद्युतीय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंङ्ग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)का बारेमा श्रव्य दृश्य सामग्री तयार गरी आफ्नो सामजिक सञ्जालमार्फत प्रशारण पनि गरेको थियो ।

    प्रतिकृया दिनुहोस्