News Portal

  • सानिमा बैंकको अनलाइन ई-कम कार्डमा टप अप सुबिधा

    आर्थीकसंसार संवाददाता३ साउन, २०८२
    १३ पटक
    ३ साउन, २०८२

    काठमाडौं । सानिमा बैंकले ई कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइन मार्फत कार्डमा टप अप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।

    ई कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएस डी ई कम भिसा कार्डमा टप अप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाटमा आफ्नो विवरणहरु राखेर टप अप गर्न सक्नेछन् ।

    ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध Captcha राखेर टप अपको प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटीपी राखे पश्चात् कार्डमा तुरुन्तै टप अप हुनेछ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्