News Portal

  • विद्यार्थी नेता राजन चापागाइले गठन गरे कीर्तिपुर प्रजातान्त्रिक समाज

    आर्थीकसंसार संवाददाता
    ७२० पटक

    काठमाडौं । देशका विभिन्न ठाउँबाट अलग(अलग उद्धेश्यले काठमाडौंमा आइ कीर्तिपुर क्षेत्रमा बसोबास गर्दै आएका प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने व्यक्तिहरु आपसमा संगठित भएका छन् ।

    किर्तिपुर प्रजातान्त्रिक समाज गठन गरी उक्त संस्थामा समेटिनेहरुमा उद्योगी, व्यवसायी, समाजसेवी, राजनीतिकर्मी एवं स्थानीय बासिन्दा लगायत रहेका छन् ।

    फागुन २९ मा कीर्तिपुरको पुष्पसदन स्कुलमा व्यापक उपस्थिति बीच भेला भएको समूहले उक्त समुहको मुख्य नेतृत्वदायी भूमिका स्थानीय बासिन्दा, युवा विद्यार्थी नेता एवं सफल उद्यमी राजन चापागाइ‌लाइ सुम्पिएको छ ।

    कीर्तिपुर प्रजातान्त्रिक समाजको नेतृत्वको जिम्मेवारी प्राप्ति पश्चात सेतोघर डट कमसँगको संक्षिप्त प्रतिक्रयामा नवनियुक्त अध्यक्ष चापागाइले देशभरबाट काठमाडौ‌मा आएर विभिन्न क्षेत्रमा अलग(अलग रुपमा संलग्न रहँदै आएका व्यक्तिहरुलाइ एउटै मञ्चमा समेटेर सामुहिक उद्देश्य प्राप्तिको लागि एकताबद्ध बनाउने आवश्यकता महसुस भएकोले उक्त मञ्च स्थापना गरिएको बताउनुभयो ।

    साथै मञ्चको मुख्य नेतृत्वदायी भूमिकामा आफूलाइ उचित पात्रको रुपमा प्रस्तुत गर्नुहुने सबै सदस्य महानुभावहरुमा हार्दिकता समेत प्रकट गर्नुभएको छ ।
    संस्थाको स्थापना सँगै समाजमा आउन सक्ने विभिन्न समस्याहरुलाइ समाधान गर्न संस्थाले समन्यकारी भूमिका निर्वाह गर्ने साथै यसबाट स्थानीय विकास,  सामाजिक योगदान एवं व्यावसायिक  विकासमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

    हाल यस संस्थामा सचिवको भूमिकामा गोबिन्द खनाल,  कोषाध्यक्षको भूमिकामा लोक प्रकाश पण्डित एवं सदस्यहरुमा हेम थापा, कृष्णप्रसाद अधिकारी, राम कुमार श्रेष्ठ, ऋषिराम पन्थी, राम प्रसाद पोखरेल, तीर्थ भट्टराई र ज्ञानेश्वर अर्याल चयन भएका छन् ।
    यसैगरी  भेलाले सस्थाको सल्लाहकार समितिमा डाक्टर पुष्कर सिंह रैखोला, रामजी दाहाल, रमेश कान्त पण्डित एवं गणेश चन्द्र तिमिल्सिनालाई चयन गरेको छ ।
    संस्थाको स्थापना सँगै प्रजातान्त्रिक विचारधारामा आवद्ध कीर्तिपुरका बासिन्दाहरुमा खुसी छाएको छ ।

    प्रतिकृया दिनुहोस्