News Portal

  • नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

    आर्थीकसंसार संवाददाता१४ चैत्र, २०७७
    ६६५ पटक
    १४ चैत्र, २०७७

    काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिटअन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।
    बैंकभित्र रहेको मानव संशाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैंकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।
    कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा. सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोही छनौट समितिले नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको हो । बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संशाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।
    बैंकको पवर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंंंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले ७ महिना बराबरको तलब बोनस दिएको थियो । नबिल बैंकले स्टार बैंकरहरु समेत जन्माइसकेको छ । बैंकका १ हजार एक सय २८ भन्दा बढी कर्मचारीहरु स्थायी रुपमा कार्यरत रहेका छन् ।
    नबिल बैंकलाई यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रोपटक नेपालको उत्कृष्ट बैंकद्वारा पुरस्कृत गरेको थियो ।
    सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १ सय १९ शाखा, १ सय ८५ एटिएम, १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्