News Portal

  • लाइसेन्स छपाइ र वितरण अब एउटै प्रणालीबाट, घरमै पुर्‍योउने तयारी

    आर्थीकसंसार संवाददाता६ असोज, २०८३
    ३७ पटक
    ६ असोज, २०८३

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित र सहज बनाउन सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ ।

    यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार पूर्वाधार विकास मन्त्रालयमा सम्झौता भएको हो ।

    सम्झौतासँगै लाइसेन्सको डाटा पठाउनेदेखि छपाइ र सेवाग्राहीसम्म पुर्योउने प्रक्रियालाई एकीकृत बनाउने तयारी गरिएको छ ।

    सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीमार्फत जारी हुने लाइसेन्सको डाटा अब सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जानेछ। सोही प्रणालीका आधारमा सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ गर्नेछ ।

    छपाइपछि लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा पठाउने तथा सेवाग्राहीले चाहेको ठेगानामै पु¥याउने व्यवस्था मिलाइनेछ। यसका लागि हुलाक सेवा विभागको संयन्त्र प्रयोग गरिनेछ ।

    यसले लाइसेन्स छपाइ र वितरणमा देखिँदै आएको झन्झट घटाउने, विभिन्न निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने तथा सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न कार्यालय धाउनुपर्ने अवस्थालाई क्रमशः कम गर्ने अपेक्षा गरिएको छ ।

    सरकारले लामो समयदेखि लाइसेन्स छपाइ तथा वितरणमा रहेको समस्या समाधान गर्न डिजिटल प्रणाली, सुरक्षित मुद्रण र हुलाक सेवाको संयोजन गर्न खोजेको हो ।

    सम्झौता कार्यान्वयनमा आएपछि डाटा यातायात विभागबाट, छपाइ सुरक्षण मुद्रण केन्द्रबाट र वितरण हुलाकमार्फत हुने गरी लाइसेन्स वितरण प्रणाली अघि बढ्नेछ ।

    प्रतिकृया दिनुहोस्