News Portal

  • आश्मा केसी र नीति शाहले गरे बाढीपीडितलाई १५ लाखको राहत सहयोग

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०८३
    ३३ पटक
    १६ भदौ, २०८३

    काठमाडौं । पूर्वमिस नेपाल आश्मा केसी र अभिनेत्री नीति शाहले रसुवाका बाढीपीडितका लागि करिब १५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेका छन् ।

    उनीहरूले करिब १० लाख रुपैयाँ संकलन गरी बाढी प्रभावित परिवारका लागि ५१ वटा टेन्ट उपलब्ध गराएका हुन् । त्यससँगै २०० कार्टुन चाउचाउ तथा अन्य राहत सामग्रीसमेत वितरण गरिएको छ ।

    एउटा टेन्टमा करिब १० देखि १५ जनासम्म बस्न सक्ने भएकाले ५१ वटा टेन्टबाट मात्रै करिब ५०० देखि ६०० जनासम्मलाई अस्थायी आश्रय उपलब्ध गराउन सकिनेछ ।

    विपद्का कारण घरबाहिर बस्न बाध्य भएका र तत्काल आश्रयको आवश्यकता रहेका परिवारलाई लक्षित गरी राहत सहयोग गरिएको हो ।

     

    प्रतिकृया दिनुहोस्