News Portal

  • गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट

    आर्थीकसंसार संवाददाता१२ माघ, २०८२
    ३८९ पटक
    १२ माघ, २०८२

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सोमबार गृह मन्त्रालयमा भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको छ।

    मन्त्री अर्यालले फाल्गुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रूपमा काम गरिरहेको बताए।

    राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैं निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए ।

    प्रतिकृया दिनुहोस्