News Portal

  • विश्वासको शिर कहिल्यै झुक्ने छैन: डा. चन्द्रकान्त भण्डारी

    आर्थीकसंसार संवाददाता२६ असोज, २०८३
    १२ पटक
    २६ असोज, २०८३

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।

    उनले आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन् ।

    ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भने, ‘सधैँ म होइन, हामी र हाम्रो भन्ने भावनाका साथ अघि बढ्नेछु ।’

    भण्डारीले आफ्नो निर्वाचनमा साथ र समर्थन दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनी ३ हजार ७ सय ३५ मत प्राप्त गर्दै कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका हुन्।

    प्रतिकृया दिनुहोस्