News Portal

  • हामी देश पनि बदल्छौं र कांग्रेस पनि बदल्छौं: विश्वप्रकाश शर्मा

    आर्थीकसंसार संवाददाता२७ पुस, २०८२
    १९ पटक
    २७ पुस, २०८२

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशको बिग्रिएको मौसमलाई सफा गर्नुपर्ने बेला आएको दाबी गरेका छन् ।

    आइतबार (आज) विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब देशको आकाश धुम्मिन नदिने बताए ।

    ‘विशेष महाधिवेशन कांग्रेसलाई बलियो बनाउने होइन, प्रधान मुद्दा देशलाई बलियो बनाउने हो,’ उनले भने ।

    शर्माले अब कांग्रेस जलेका भवन जोड्ने र बिग्रिएका मन जोड्ने काममा लाग्ने प्रणसमेत गरे ।

    उनले नेतृत्वको एउटा मिसन हुनुपर्ने बताएका छन् । उनका अनुसार उचाइ प्राप्त गरेपछि सम्मानजनक बर्हिगमन पनि गर्नुपर्छ ।

    शर्माले अबको कांग्रेसको मूलमन्त्र सद्भाव, सुशासन र समुन्नति भएको बताए । उनले काठमाडौंबाट जिल्ला फर्किँदा आफ्नो गाउँ र ठाउँमा सद्भाव बोकेर जान कार्यकर्तालाई आग्रहसमेत गरे ।

    शर्माले सभापति शेरबहादुर देउवालाई आफूले सम्मानजनक बहिर्गमन गर्न आग्रह गरेको भएपनि उनले नसुनेकोमा दुखेसोसमेत पोखे ।

    शर्माले देउवाले आफ्नो सुझाव मानेको भए यस्तो अवस्था नआउने पनि दावी गरे ।

    प्रतिकृया दिनुहोस्