News Portal

  • केपी ओलीको स्थानहद फुकुवा

    आर्थीकसंसार संवाददाता२१ पुस, २०८२
    २४ पटक
    २१ पुस, २०८२

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ ।

    सोमबार (आज) बसेको उच्चस्तरीय जाँचबुझ आयोगको बैठकले ओलीको स्थानहद फुकुवा गर्ने निर्णय गरेको हो।

    आयोगले असोज १२ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीहरूलाई स्थान हद लगाएको थियो । आयोगले सबैको बयान सकेर स्थानहद फुकुवा गरिसकेको छ ।

    आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै ओलीले बयान दिन आयोगमा नजाने बताएपछि गुण्डुस्थित ओली निवासमा आयोग बयान लिन पुगेको थियो ।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्राचार गरेपनि ओली बयान दिन गएका थिएनन् । त्यसपछि आयोगको टोली बयान लिन गुण्डु पुगेको हो ।

    ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा पनि साढे २ घण्टा बयान दिएका थिए ।

    प्रतिकृया दिनुहोस्