News Portal

  • सानिमा बैंक र दराजबीच दशैं धमाका योजनामा सहकार्य

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०८२
    १५ पटक
    २३ भदौ, २०८२

    काठमाडौं । सानिमा बैंक लिमिटेडले बडादशैंको अवसरमा अनलाइन शपिङ प्लेटफर्म दराजसँग सहकार्य गर्दै ‘दशैं धमाका योजना’ सार्वजनिक गरेको छ । यस सहकार्यअन्तर्गत योजना अवधिभर दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानी गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्ने भएका छन् ।

    यस योजना अनुसार, डेबिट कार्ड प्रयोग गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट पाउनका लागि दराजमार्फत बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । साथै, योजना अवधिभर ‘पहिलो आउनेलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ ।

    यो योजना भाद्र २४ गतेदेखि आश्विन ७ गतेसम्म लागू हुनेछ । बैंकले ग्राहकलाई डिजिटल भुक्तानीप्रति आकर्षित गराउन निरन्तर रुपमा विभिन्न छुट तथा अफरहरु प्रदान गर्दै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्